reader

Loading...

Written By gajjab on Thursday 7 May 2015 | 23:52

ह्युस्टन विश्वविद्यालयका शोधकर्ताहरूले एक यस्तो अप्टिकल लेन्स बनाएका छन् जसलाई स्मार्टफोनमा लगाएर सूक्ष्म छविलाई ठूलो रूपमा हेर्न सकिन्छ।
यसबाट स्कूल र क्लिनिकमा कम लागतमा परम्परागत उपकरण उपलब्ध गराउने विकल्प पनि पाइन्छ। तीन सेन्ट्स (नेरु २) मूल्य भएको यो लेन्स छविलाई १२० परिमाणसम्म आवर्धित गर्न सक्छ। इलेक्ट्रिकल र कम्प्युटर इन्जिनियरिङका सहायक प्राध्यापक वी–चुआन शिह भन्छन्– “लेन्स स्मार्टफोनको क्यामराबाट कुनै पनि अतिरक्त डिभाइसलाई सीधैं जोड्न सक्छ। कक्षामा युवा छात्राहरूको प्रयोगको लागि आदर्श पनि बन्न सक्छ । शोधको लागि शोधकर्ताहरूले मानव शरीरको रौंको उत्तकीय स्लाइडको तस्वीर खिंचेका थिए। यो तस्वीर उनीहरूले ओलम्पस आइएक्स–७० सूक्ष्मदर्शी र स्मार्टफोन पिडिएमएस दुवै प्रविधिको सहायताबाट लिएका थिए। 
१२० आवर्धनमा स्मार्टफोनको लेन्स ओलम्पस माइक्रोस्कोपको १०० को आवर्धन बराबर थियो र सफ्टवेयर आधारित डिजिटल आवर्धनबाट यसमा अरू वृद्धि गर्न सकिन्छ। यो लेन्स पोलिडाइमिथाइलसाइलाक्सेन (पिडिएसएस)बाट बनाइएको हो र यो एक प्रकारको बहुलक हो। शोधकर्ताहरूले शोधमा लेखेका छन्– हाम्रो लेन्स बिना उपकरण अथवा प्रणालीको सहायताबाट स्मार्टफोनलाई माइक्रोस्कोपमा परिणत गर्न सक्छ, त्यसको लागि यस लेन्सलाई स्मार्टफोनसँग जोड्नुपर्छ। यो शोध जर्नल अफ बायोमेडिकल आप्टिक्समा प्रकाशित गरिएको थियो। – एजेन्सी

0 comments:

Post a Comment