reader

Loading...

Written By gajjab on Thursday 7 May 2015 | 23:51

ग्रीन टीमा पाइने एक सत्त र नियमित व्यायामबाट अल्जाइमरजस्तो गम्भीर रोग वृद्धि हुनबाट रोक्न सकिन्छ र यसको प्रभाव कम गर्न सकिन्छ। मुसामाथि गरिएको अध्ययन अनुसार यस्तो बताइएको हो। 
युनिभर्सिटी अफ मिसौरी (एमयु) का शोधकर्ताहरूका अनुसार ग्रीन टीममा साधारणतया पाइने सत्त मनुष्यमा अल्जाइमर रोगको उपचार र यसको रोकथामको लागि उपयोगी साबित हुन सक्छ ।  एमयुमा कलेज अफ आटर््स एन्ड साइन्समा मनोवैज्ञानिक विज्ञानका प्रोफेसर टोड भन्छन्– अल्जाइमरको रोगीमा एमीलोयड–बीटा पेप्टाइड (ए बीटा) जम्मा हुन सक्छ। सम्झना कमजोर हुनु र भ्रमको स्थिति, व्याकुलता र आफ्नो पर्यावरण र परिवेशसँग कम मतलब राख्नु यस रोगको लक्षण हो। शोधकर्ताहरूका अनुसार ग्रीन टीको यस सत्त र व्यायामको प्रभावको पत्ता लगाउनको लागि मुसामाथि अध्ययन गरिएको हो। 

0 comments:

Post a Comment