reader

Loading...

Written By gajjab on Thursday 7 May 2015 | 23:50

जङगली खरायो समात्न धेरै गार्‍हो हुन्छ। किनभने जङगली खरायो तीव्र गतिमा दौडिन्छ। तर अस्ट्ेरलियाका एकजना व्यक्तिले भने जङगली खरायोलाई सजिलै समात्छन्। उनले जङगली खरायो समाउने अनौठो तरिका खोजेका छन्।
 एन्ड्रयू यूक्लसले खतरनाक सर्प टाइगर स्नेकको उपयोग गर्दै जङगली खरायो समाउने गर्छन्। उनले चारवटा खतरनाक सर्पलाई खरायोको दुलोमा छिराएर खरायोलाई समाउने गर्छन्। युट्यूबमा चर्चित यस भिडियोमा उनले पहिले सबै दुलोमा जाल लगाउँछन् त्यसपछि सर्प त्यस दुलोमा पसाउँछन्। सर्पसँग तर्सेर खरायो दुलोबाट बाहिर निस्किन खोज्दा जालमा फस्छ। यसरी उनले सजिलै खरायो समाएको भिडियो १ करोडभन्दा बढीले हेरिसकेका छन्। 

0 comments:

Post a Comment