reader

Loading...

Written By gajjab on Thursday 7 May 2015 | 23:50

संसारमा क्रान्तिकारी भूमिका निर्वाह गर्ने प्रौद्योगिकी इन्टरनेट अघिल्लो ८ वर्षमा ध्वस्त हुन सक्ने र यसको उपलब्धता मात्र केही हिस्सामा मात्र सीमित हुन सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। हामीले कम्प्युटर, ल्यापटप र मोबाइल फोनलाई यस समय जसरी अप्टिकल फाइबरको माध्यमबाट इन्टरनेटसँग जोडेका छौं, अघिल्लो ८ वर्षमा त्यो
चरम सीमासम्म पुग्नेछ र त्यस बेला अप्टिकल फाइबरको माध्यमबाट पुन: हामी एउटा पनि अतिरिक्त डाटा आदानप्रदान गर्न सक्नेछैनौं। वैज्ञानिकका अनुसार मौजुद उपभोग दरको हिसाबले अघिल्लो २० वर्षमा ब्रिटेनको सम्पूर्ण विद्युत् आपूर्ति खपत हुनेछ। 
समाचारपत्र डेलीमेलका अनुसार इन्टरनेटमा भविष्यमा आउने यस सम्भावित खतराबाट जोगिने उपायबारे चर्चा गर्न अघिल्लो साता अग्रणी इन्जिनियर, भौतिकविद् र दूरसञ्चार कम्पनीहरूलाई लन्दनको रोयल सोसाइटीमा बोलाइएको छ। 
रोयल सोसाइटीमा ११ मईका दिन हुने यस बैठकको सहआयोजक एन्ड्र एलिस भन्छन्– “प्रयोगशालाहरूमा हामी यो कुरा थाहा लगाउने प्रयास गर्नेछौं कि अब अप्टिकल फाइबरको एक तारबाट डाटा आदानप्रदान गर्ने आखिरी सीमासम्म पुग्नेछौं।” उनी भन्छन्– “माग तीव्र बढिरहेको छ र आपूर्ति जारी राख्न कठिन हुँदै गइरहेको छ। हामी पछिल्लो थुप्रै वर्षदेखि माग अनुरूप आपूर्ति जारी राख्न सफल छौं तर चाँडै त्यो समय पनि आउनेछ जब हामी आपूर्ति जारी राख्न सक्नेछैनौं।” 

0 comments:

Post a Comment