reader

Loading...

Written By gajjab on Sunday, 24 May 2015 | 01:39

चीनको एक रेस्टुरेन्टमा ग्राहकलाई आकर्षित गर्न अनौठो उपाय शुरु गरिएको छ। यहाँ युवतीहरूले जति छोटो स्कर्ट लगाएर आउँछन् उनीहरूको बिलमा त्यति नै बढी डिस्काउन्ट दिइन्छ।
यो रेस्टुरा पूर्वी चीनको जिनान शहरमा छ। यहाँ महिला ग्राहकहरू पुगेपछि कर्मचारीले उनीहरूको स्कर्टको नाप लिन्छन् र त्यसै अनुसार उनीहरूको खानाको बिलमा छुट पनि दिन्छन्। कर्मचारीले इन्ची टेप लिएर महिलाको स्कर्ट घुँडाभन्दा कति इन्च माथि छ त्यसको नाप गर्ने गर्छन्। 
यदि स्कर्ट घुँडाभन्दा तीन इन्च माथि छ भने रेस्टुराको बिलमा २० प्रतिशत छुट दिइन्छ। घुँडाभन्दा १३ इन्च माथि स्कर्ट छ भने बिलमा ९० प्रतिशतसम्म छुट दिइन्छ । यांग जिया हटपट रेस्टुरा चीनको चोंगकिंग शहरमा स्वादिष्ट खानाको लागि चर्चित छ।  डेलीमेलका अनुसार रेस्टुराले मिनी स्कर्ट लगाउनेहरूको बिलमा छुट दिने स्कीम पछिल्लो हप्तादेखि लागू गरेको हो। रेस्टुराका संस्थापक इसन यांग भन्छन्– यतिबेला हामीले मन्दीको सामना गर्नुपरिरहेको छ त्यसैले यस्तो प्रयोग गर्‍यौं । आइतवार यसको प्रमोशनल अफरको कारण ५० जना ग्राहक महिलाहरू हामीले पायौं।

0 comments:

Post a Comment