reader

Loading...

Written By gajjab on Sunday, 24 May 2015 | 01:39

नेशनल ज्योग्राफिक इन्टरनेशनल ट्राभलर फोटो प्रतियोगिता खुला भएको छ। यसमा धर्तीको कुनै पनि भागमा बस्ने व्यक्तिसँग धर्ती र प्रकृतिको बेजोड र शकिङ फोटो मागिएको छ। शानदार फोटो छानिएमा ग्रैन्ड प्राइजको अलावा अमेरिकाको कोस्टारिकामा सित्तै घुम्ने मौका पाइन्छ। प्रतियोगिताको अन्तिम मिति ३० जूनसम्म छ। संसारभरिका व्यक्तिहरूले फोटो पठाउन शुरु गरेका छन्। माथि देखाइएको फोटो भारतको तमिलनाडुका एकजना बालकको हो। यसमा ती बालकलाई बर्सनि आयोजित हुने अंगालामान उत्सवको लागि सजाइएको थियो। यस प्रतियोगितामा मोबाइल वा ड्रोनबाट खिंचिएको फोटो पठाउन सकिन्छ। – एजेन्सी

0 comments:

Post a Comment