reader

Loading...

Written By gajjab on Sunday 24 May 2015 | 01:38

यदि तपाईंको बच्चाले कुनै प्रतियोगिता खेलिरहेको छ भने त्यति बेला फोनमा कुरा गर्ने अथवा सन्देश पठाउन व्यस्त नहुनुहोस्। नत्र बच्चाको नजरमा लज्जित हुन सक्ने ताजा अध्ययनले जनाएको छ।
अनुसन्धानकर्ताहरूका अनुसार खेलिरहेको समय बच्चा आफ्नो परिजनको ध्यान आफूतर्फ तान्न चाहन्छ र त्यस क्रममा फोनको प्रयोग परियोजनको लागि लाजमर्दो कारण बन्न सक्छ। शोधका मुख्य लेखक एवं वाशिंगटन विश्वविद्यालयमा शोध छात्र एलेक्सिस हिनिकरको अनुसार यसलाई लिएर अत्यन्तै चिन्ता व्यक्त गरिसकेको छ तथा अनेक व्यक्तिले आफ्नो यस व्यवहारमा लाज मान्नुपर्ने कुरा स्वीकार गरेका छन्। शोधमा सामेल ४६६ परिजनमध्ये ४४ प्रतिशतका अनुसार बच्चाले प्रतियोगिता खेलिरहेको बेला फोनको प्रयोगमा रोक लगाउनुपर्छ। फोनमा तल्लीन यस्ता परिजनहरू च्याटिङको अपेक्षा आफ्ना बच्चाको अनुरोधमा कम ध्यान दिन्छन्। 
खेलको मैदानमा मोबाइलको सर्वाधिक उपयोग मित्र वा आफन्तजनलाई सन्देश पठाउने, फोटो खिंच्ने र इमेल गर्ने गरिन्छ। शोधकर्ताहरूका अनुसार अमेरिकाको खेल मैदानमा ४० घण्टाभन्दा बढी कुराकानी भएको दर्ज गरिएको छ र ४६६ परिजनको आँकडा सड्ढलन गरिएको छ। यो शोध दक्षिण कोरियाको राजधानी सियोलमा भएको एसोसिएसन फोर कम्प्युटिङ मेसियनी सिएचआइ सम्मेलनमा पेश गरिएको थियो। 

0 comments:

Post a Comment