reader

Loading...

Written By gajjab on Sunday 24 May 2015 | 01:38


चुरोट स्वास्थ्यको लागि हानिकारक भए पनि कम्प्युटरको लागि फाइदाजनक हुन्छ।  वैज्ञानिकहरूले चुरोटको फिल्टरको एनर्जीलाई हाइ परफर्मि· मैटेरियलमा परिणत गर्न सफलता हासिल गरेका छन्। यस मैटेरियललाई कम्प्युटर, हैन्डहेल्ड डिभाइस, इलेक्ट्रिक ह्वीकल र विन्ड टरबाइनको साथ इन्टिग्रेटेड गर्न सकिन्छ। 

शोधकर्ताहरूका अनुसार एनर्जी स्टोर गर्ने यो नयाँ प्रविधिले पर्यावरणको समस्या पनि समाधान गर्न मदत गर्नेछ। साथै यो मैटेरियल व्यावसायिक रूपले प्रयोग हुने कार्बन, ग्राफेन र कार्बन नैनोट्यूबभन्दा उत्कृष्ट साबित हुन सक्छ। 
एक दिन यसको प्रयोग विद्युत् ऊर्जालाई ठूलो मात्रामा भण्डारण गर्न सकिने बताइएको छ। सियोल राष्ट्रिय विश्वविद्यालयका सहलेखक प्रोफेसर जाग्हीयोप भन्छन्– “हाम्रो अध्ययनले यो थाहा लगाएको छ कि एक साधारण प्रक्रियाको माध्यमबाट चुरोटको फिल्टरलाई हाइ परफर्मि· कार्बन आधारित मैटेरियलमा परिणत गर्न सकिन्छ। साथै यो पर्यावरणको लागि फाइदाजनक पनि छ। 

0 comments:

Post a Comment