reader

Loading...

Written By gajjab on Sunday 24 May 2015 | 01:37

भारतको कर्नाटकको मत्तुरूमा एउटा गाउँ छ,  यहाँका बच्चाले पनि संस्कृत बोल्छ। चाहे त्यो हिन्दू होस् वा मुसलमान सबैले संस्कृतमैं कुराकानी गर्ने गर्छन्। वरपरको गाउँमा कन्नड भाषा बोले पनि यहाँ संस्कृत भाषामैं कुराकानी हुने गर्छ।
तुंग नदीको किनारमा बसेको यो गाउँ बेंगलुरुदेखि ३ सय किलोमिटर टाढा छ। यस गाउँमा प्राचीनकालदेखि नै संस्कृत बोल्दै आइरहेको छ। तर पछि यहाँका व्यक्तिहरूले कन्नड भाषा बोल्न थालेका थिए। तर ३३ वर्ष पहिले पेजावर मठका स्वामीले यसलाई संस्कृत भाषी गाउँ बनाउन आह्वान गरे। त्यसपछि सबैले एकआपसमा संस्कृतमा कुराकानी गर्ने गर्छन्। मत्तुरू गाउँमा ५ सयभन्दा बढी परिवार बस्छन् जसको सङ्ख्या करिब ३५ सय छ। 
संस्कृतभाषी यस गाउँका युवाहरू ठूल्ठूला कम्पनीमा कार्यरत छन्। केही सफ्टवेयर इन्जिनियर छन् भने कोही ठूला शिक्षा संस्थान एवं विश्वविद्यालयमा संस्कृत पढाउँदै आइरहेका छन्। यस गाउँमा विदेशीहरू संस्कृत भाषा सिक्न आउने पनि गर्छन्। 

0 comments:

Post a Comment