reader

Loading...

Written By gajjab on Tuesday, 19 May 2015 | 22:15

विवाहमा उपहारको रूपमा माइतीसँग शौचालय माग्ने बेहुलीलाई भारतको महाराष्ट्रको एक स्वच्छता एनजिओले नेरु १६ लाख पुरस्कार दिने भएको छ। किनभने त्यस बेहुलीले शोचालयलाई वरीयता दिएकी थियन्।
आफ्नो विवाहमा पितासँग गरगहनाको सट्टा शौचालय माग गर्ने ती युवतीलाई सुलभ इन्टरनेशनलले भारु १० लाख पुरस्कार दिने भएको छ। महाराष्ट्रको अकोला जिल्ला निवासी चैताली गलाखेलाई विवाहभन्दा केही दिन अघि ससुरालीमा शौचालय नभएको थाहा भएपछि उनले माइतीसँग रेडिमेड शौचालय उपहार मागेकी थिइन्। स्वच्छ भारत अभियानबाट प्रेरित भएपछि अकोला जिल्लाका महिलाले ससुरालीमा शौचालय हुनुपर्ने र विवाहमा अन्य उपहारको सट्टा शौचालय मागेकी थिइन्। उनको प्रेरणादायी कदमको कदर गर्दै सुलभ इन्टरनेशनलले भारु १० लाख नगद पुरस्कार दिएको थियो। पुरस्कारको घोषणा गर्दै इन्टरनेशनलका संस्थापक विन्देश्वर पाठकले चैताली महान स्वच्छता प्रेरक र सन्देशवाहक भएको बताए। 
विश्व बैंकको अनुसार भारतमा ५३ प्रतिशत व्यक्ति खुला शौच गर्छन्। उनीहरू साँझ र राति सडकको किनारामा शोच गर्ने गर्छन् भने कुनै गाडीको हेडलाइट देख्ने बित्तिकै उभिने गर्छन्। 

0 comments:

Post a Comment