reader

Loading...

Written By gajjab on Tuesday 19 May 2015 | 22:14

सुन्तलाको रसले स्वस्थ मात्र राख्दैन बरु यसले बुजुर्गको स्मरण शक्तिमा पनि सुधार ल्याउने नयाँ अध्ययनले जनाएको छ।
युनिभर्सिटी अफ रिडिङगमा अध्ययनका सहलेखक डेनियल लैंपोर्ट भन्छन्–“संसारको आबादी तीव्र गतिमा प्रौढावस्थातर्फ अग्रसर छ। अनुमान अनुसार सन् २१०० सम्म ६० वर्ष वा यसभन्दा बढी उमेरका व्यक्तिको सङ्ख्या तीन गुणा हुन सक्छ। यसै कारण यो आवश्यक छ कि हामीले प्रौढावस्थामा स्मरण शक्तिसँग सम्बन्धित सुधार विषयक साधारण एवं सस्तो तरिका खोज्नुपर्छ। 
यो अध्ययन ३७ स्वस्थ बुजुर्ग (६७ वर्ष औसत आयु) व्यक्तिमाथि गरिएको थियो। जसमा उनीहरूलाई आठ हप्तासम्म दिनहुँ ५०० मिलिलिटर सुन्तलाको रस सेवन गराइएको थियो। यी आठ हप्ताको अवधिभन्दा पहिले र अन्त्यमा उनीहरूको सम्झना, प्रतिक्रियाको समय तथा मौखिक धाराप्रवाहको अध्ययन गरिएको थियो । 
यसपछि सबै आँकडालाई मिलाएर संयुक्त (ग्लोबल काग्निटिभ फंक्सन)रूपमा त्यसको विश्लेषण गरिएको थियो। जस अनुसार सुन्तलाको रसको सेवन नगर्ने बुजुर्गको तुलनामा यसको सेवन गर्ने बुजुर्गको ग्लोबल काग्निटिभ फंक्सनमा आठ प्रतिशतले बढोत्तरी भएको पाइयो। सुन्तलाको रस ‘फ्लेबोनाइड्स’को महत्त्वपूर्ण स्रोत हो, जसलाई फ्लेबोनोन्स पनि भनिन्छ। हालै गरिएको अध्ययन अनुसार फ्लेबोनाइड्सले स्मरणशक्तिमा सुधार ल्याउँछ। यो अध्ययन पत्रिका अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिशनमा प्रकाशित भएको छ। 

0 comments:

Post a Comment