reader

Loading...

Written By gajjab on Tuesday 19 May 2015 | 22:13

मोटोपनदेखि डराउने व्यक्तिहरूले कुनै पनि खानेकुराको क्यालोरी गन्न समस्या भएको छ भने चिन्ता गर्नुपर्दैन अब स्मार्ट प्लेटले यो सबै जानकारी दिनेछ। एक विशेष प्रविधियुक्त यो प्लेटले तपाईंको खाना कति क्यालोरीको छ त्यसको जानकारी गराउँछ। 
अमेरिकामा एक फर्मले यस स्मार्ट प्लेटको निर्माण गरेको हो। यसमा तीन डिजिटल क्यामरा लगाइएको छ, जसले खानाको फोटो लिएर वाइफाइ अथवा ब्लूटुथको माध्यमबाट मोबाइलमा सन्देश पुर्‍याउँछ। यहाँबाट यी फोटोलाई एक फोटो बैंकमा पठाउँछ त्यसपछि भोजनको पहिचान गरी क्यालोरीबारे जानकारी दिइन्छ। द टाइम्सको खबर अनुसार प्लेटमा लगाइएको तराजुले भोजनको वजन लिन्छ। यसबाट थाहा हुन्छ कि प्लेटमा राखिएको खाना कति क्यालोरीको छ। 
फिटलीका मुख्य कार्यकारी र संस्थापक एन्थोनी ओरटिज भन्छन्– हाम्रो यो उपकरण थुप्रै प्रकारको भोजन र एकै प्रकारको भोजन पहिचान गर्न सक्षम छ र यसको आकलन ९९ प्रतिशत सही हुन्छ। एकपटक भोजनको पहिचान भएपछि यसले अघिल्लोपटक तपाईंलाई यसबारे सम्पूर्ण जानकारी दिनेछ। 

0 comments:

Post a Comment