reader

Loading...

Written By gajjab on Tuesday, 19 May 2015 | 22:12

अमेरिकाको लस एन्जिलसको सडकमा बिरामी भई भौतारिरहेको एक भाग्यमानी कुकुरले एकजना धनी व्यक्तिको साथ पाएको छ। बिरामीले हिंडडुल गर्न नसक्ने त्यस कुकुरलाई शीना मैनले आफ्नो संरक्षकत्वमा लिएकी हुन्। यति मात्र होइन उनले त्यस कुकुरको लागि ह्वीलचेयर पनि बनाइदिएकी छन्। जसको मदतबाट कुकुर हिंडडुल गर्न सक्छ। शीनाले त्यस कुकुरको एक फेसबूक पेज पनि बनाएकी छन् र त्यसमा अन्य व्यक्तिहरूलाई कुकुर पाल्न आग्रह गरेकी छन्।
यसभन्दा पहिले कुकुर सडकमैं रहन्थ्यो । एकजनाले त्यस कुकुरलाई पशु नियन्त्रण कार्यालयमा पुर्‍याइदिए। त्यसको केही दिनपछि शीनाले त्यो कुकुर भेटिन्। कुकुरलाई नुहाइधुवाइ, सजाएर राखेकी छन्। हालसम्म त्यस कुकुरको ६ हजार फ्यान बनिसकेका छन्। शीना भन्छिन्– यो कुकुर अत्यन्त बलियो छ। कुकुरको फोटो सेयर गर्दै उनले लेखेकी छन्– डिसेबल्ड जनावरको लागि व्यक्तिहरूमा जागरुकता फैलाउने प्रयास गर्दैछु। 

0 comments:

Post a Comment