reader

Loading...

Written By gajjab on Tuesday 19 May 2015 | 22:12

चीनमा मिंग शासनकालको क्रममा ५ सय वर्ष पुरानो चिहान भेटिएको छ। जुन एक सैन्य रणनीतिकार महिलाको हो र यस चिहानमा सुनको ठूलो भण्डार छ।
नानजिंग शहरको नानजिंग म्युनिसिपल सङ्ग्रहालय र च्याङनिङ सङ्ग्रहालयका पुरातत्त्वविद्हरूले यस चिहानको खोजी गरेका थिए। जसमा दुई ढुङगामा उत्कीर्ण लेखमा लेडी मेईको कथा लेखिएको छ कि उनी कसरी राजनीतिक र सैन्य रणनीतिकार बनिन्। लाइभ साइन्सका अनुसार २१ वर्षीया मेई पछि ड्यूककी आमा बनेकी थिइन् जो दक्षिण पश्चिम चीनको प्रान्तमा राज गर्थिन्। ५ सय वर्ष पुरानो चिहानमा खजाना भेटिएको छ। त्यसमा सुनको चुरा, सुनको बाकस र सुनको हेयर पिन भेटिएको छ। सबै गहनामा रत्न जडिएको छ जसमा नीलम, मुँगा र अन्य रत्न छ। – एजेन्सी

0 comments:

Post a Comment