reader

Loading...

Written By gajjab on Monday 18 May 2015 | 22:54

युरोपमा केही व्यक्तिले नयाँ देश बनाएका छन्। स्लोवेनिया र क्रोएसिया सीमामा बनाइएको यस देशको नाम ‘किङगडम अफ एक्लावा’ हो। यो १०० वर्ग मिटरमा फैलिएको छ। पछिल्लो साता यहाँ ८ सय नागरिकले पहिलो चुनावको लागि भोट दिए र मन्त्रीको पनि चुनाव गरे।
यी सबै गर्ने व्यक्तिको नाम हो प्याँत्र वारजेंकिविज। हालै प्याँत्र र उनका केही मित्रहरूले स्थानीय व्यक्तिको माध्यमबाट यो थाहा पाए कि स्लोवेनियाको मेटलिका शहर नजिकै र क्रोएसियाको राजधानी जाग्रेबदेखि करिब ५० किलोमिटर टाढा एउटा यस्तो स्थान छ, जसमाथि कुनै देशको अधिकार छैन।  सन् १९९१ मा यूगोस्लाभिया विघटनपछि सात राज्य बनाइएको थियो। त्यसपछि थुप्रै यस्ता सीमा क्षेत्र विवादित भए र तिनलाई दशगजा घोषित गरियो। त्यसपछि प्याँत्र र उनका केही मित्रहरूले यस स्थानलाई छुट्टै देश बनाउने निर्णय गरे। प्याँत्रका अनुसार यस देशको ढोका संसारको नागरिकको लागि सदैव खुला रहन्छ। उनी भन्छन्– “हाम्रो उद्देश्य यस्तो देश बनाउने हो, जसमा रङग, जाति, धर्म, राष्ट्रियता जस्तो कुनै भेद नहोस्। यहाँ जोसुकै पनि बस्न सक्छ। आफ्नो कुरा राख्न सक्छ, सित्तैमा पढ्न सक्छ र कर नतिरेरै आजीविका कमाउन सक्छ।” प्याँत्रले यस देशको जानकारी सामाजिक सञ्जालमा दिएपछि केही दिनमै पाँच हजार व्यक्तिले यस देशको नागरिकको लागि आवेदन दिइसकेका छन्। 

0 comments:

Post a Comment