reader

Loading...

Written By gajjab on Monday, 25 May 2015 | 21:53

पश्चिमी अफ्रिकाको बेनिनमा एक यस्तो गाउँ छ जुन पूर्णरूपले तालमाथि बसेको छ। २० हजार जनसङ्ख्या भएको गेनवी नामक यो गाउँ नोकोऊ लेकमा अवस्थित छ। बढीजसो व्यक्तिको घर तालको बीचमा छ। यस तालमा बसेको गाउँलाई अफ्रिकाको सबैभन्दा ठूलो गाउँ मानिन्छ। पर्यटकहरू टाढा–टाढाबाट हेर्न आउँछन् ।
केही रिपोर्टका अनुसार १६ औं वा १७ औं शताब्दीमा तोफिनु समुदायका केही व्यक्तिले आफ्नो सुरक्षार्थ यहाँ बस्ने निर्णय गरे। फोन नामक जनजाति यी व्यक्तिहरूलाई गुलाम बनाउन आउँथे। तर फोन जनजातिको धार्मिक मान्यताको कारण उनीहरू पानीमा प्रवेश गर्दैनथिए। यति वर्षदेखि यहाँ बसेको यस गाउँले आफ्नै संस्कृति विकास गरेको छ। 
यहाँको सम्पूर्ण घर, पसल र रेस्टुरा पानीभन्दा धेरै फुट माथि काठबाट बनाइएको छ। तालमाथि तैरिरहेको बजार पनि छ। गाउँसँग एक जमिनको टुक्रा पनि छ जहाँ विद्यालय बनाइएको छ। यस जमिनलाई पनि उनीहरूले आपैंm तयार गरेका हुन्। उनीहरूले डुङगामा माटो भरेर यहाँ जमिन बनाएका थिए। 

0 comments:

Post a Comment