reader

Loading...

Written By gajjab on Tuesday 25 August 2015 | 00:49

नयाँ अध्ययन अनुसार पिरो खुर्सानीको सेवनबाट पेटको तन्त्रिकामाथि प्रभाव पर्ने र यसले बढी खानबाट रोक्ने जनाएको छ। यो खोज मोटोपन टाढा राख्ने नयाँ उपचारमा सफल हुन सक्छ। 
एडिलेड विश्वविद्यालयका शोधार्थीले गरेको खोजमा बढी बोसोयुक्त भोजन पेटको त्यस सङ्ग्रहिकालाई बिगार्छ, जसले पेट भरेको सङकेत दिन्छ। विश्वविद्यालयका पोषण एवं आन्त्रशोध रोग केन्द्रका शोधार्थीहरूले प्रयोगशाला अध्ययनमा पेटमा रहेको पिरो मरिचको सङ्ग्रही (टिआरपिवी) र पेट भरेको अनुभूति दिनेबीच सम्बन्धबारे परीक्षण गरेका थिए। शोत्रपत्र लेखिका र एडिलेड विश्वविद्यालयका चिकित्सा विभागका वरिष्ठ शोध फेलो एसोसिएट प्रोफेसर अमान्डा पेज भन्छिन्– “पेट भरेपछि फैलिन्छ जसबाट पेटको तन्त्रिका जागृत भएर सूचना दिने गर्छ, धेरै खाना खाइसक्यौ । यस जागृत अवस्थाको नियमन पिरो खुर्सानी अथवा टिआरपिवी–१ सङ्ग्राहिकाबाट गरिन्छ।” 
पेजका अनुसार यसभन्दा पहिलेको अध्ययनमा पिरो खुर्सानीमा पाइने कैपसाइसिनले मानवमा खाना खाने मात्रा कम गथ्र्यो। हामीले आफ्नो शोधमा पायौं टिआरपिवी– १ सङ्ग्राहीको अपमार्जनदेखि पेटको तन्त्रिकासम्म फैलिने प्रतिक्रियामा कमी आउँछ र शरीरले पेट भरेको अबेरले थाहा पाउँछ, जसबाट मानिसले बढी खाना खान्छ । उनका अनुसार यसबाट कैपसाइसिनको पेटमा पर्ने प्रभावदेखि खाना खाने मात्रालाई नियमन गर्न सकिन्छ। उनले अध्ययनमा यो पनि पत्ता लगाएकी छन् कि उच्च बोसोयुक्त भोजन टिआरपिवी–१ सङ्ग्राहीलाई बाधित गर्छ जसबाट मोटोपन बढ्छ । यो अध्ययन प्लस वन जर्नलमा प्रकाशित भएको छ। –एजेन्सी, फोटो: गूगल सच

0 comments:

Post a Comment