reader

Loading...

Written By gajjab on Tuesday 25 August 2015 | 00:51

इन्जिनियरिङलाई नयाँ स्तरमा लैजाने प्रयास लगातार जारी छ। लन्डनका केही इन्जिनियरले दुई भवनबीच स्वीमिङ पुल बनाएर यसमा एक अर्को अध्याय जोडेका छन्। जसलाई उँचाइदेखि डर लाग्दैन उनीहरूको लागि यो स्वीमिङ पुल स्वर्गजस्तै हो। 
यसलाई पूर्णरूपले पारदर्शी बनाइएको छ। स्वीमिङ पुलमा तैरिने व्यक्तिले तलको सडकमा आवतजावत गर्ने व्यक्तिलाई राम्ररी हेर्न सक्छ। स्वीमिङ पुल जमिनभन्दा ११० फुट उँचोमा ९० फिट लामो, १८ फुट चौडा र करिब १० फिट गहिरो छ । यसको पानीको गहिराइ ५ फिटसम्म राखिएको छ। यो संसारकै अनौठो स्वीमिङ पुल पनि हो। हालै डेभलप गरिएको एम्बेसी गार्डन नामक दुई भवनबीच बनाइएको छ । यसको निर्माता कम्पनीका अनुसार २० सेन्टिमिटर मोटो काँच प्रयोग गरिएको छ । यसलाई बनाउन करिब डेढ खर्ब रकम खर्च गर्नुपर्‍यो। स्वीमिङ पुलको वरपर रेस्टुरा र स्पा पनि बनाइएको छ। 
विशेष कुरा, यहाँ घर किन्नेहरूले मात्र यो स्वीमिङ पुल प्रयोग गर्न पाउनेछन् । घर किन्न नेरु १० करोड खर्च गर्नुपर्छ। आकाशमा झुन्डिएको अवस्थामा रहेको यो स्वीमिङ पुलमा पौडी खेल्नेहरूले आकाशमा स्वीमिङ गरिरहेको अनुभूति पाउने गर्छन्। –एजेन्सी, फोटो: गूगल सच

0 comments:

Post a Comment