reader

Loading...

Written By gajjab on Wednesday 26 August 2015 | 01:20

इङगल्यान्डका एक ९ वर्षीय युवकको पहिलोपटक बायोनिक हात लगाइएको छ । जोश कैथकार्टको नयाँ हात कम्प्युटर प्रोग्राम्ड हो र यो फोनको एपको माध्यमबाट चल्छ। यसभन्दा पहिले जोशको एकमात्र हात थियो जसको कारण उनलाई स्कूलमा सबैले गिज्याउने गर्थे। जन्मदेखि उनको एक हात थिएन तर अब उनी बायोनिक हातको माध्यमबाट आफ्नो सम्पूर्ण काम गर्न सक्षम छन्। नयाँ हातको माध्यमबाट गेम्स पनि खेल्न सक्छन्, पुस्तक पनि बोक्न सक्छन्।
उनको नयाँ हातको मूल्य करिब नेरू करिब ५० लाख पर्‍यो। यो हात उनको मसल्सको सिग्नल हासिल गर्छ। यसको माध्यमबाट उनले कम्प्युटरमा माउस पनि चलाउन सक्छन्। नयाँ हात लगाउने खर्च जुटाउनको लागि अभिभावकहरूले अनलाइन फन्ड रेन्जिङग क्याम्पेन चलाएका थिए, र यसबाट उनलाई धेरै सहयोग पनि प्राप्त भयो। –एजेन्सी, फोटो: गूगल

0 comments:

Post a Comment