reader

11203
Loading...

Written By gajjab on Wednesday, 26 August 2015 | 01:23

भारतको महाराष्ट्र प्रहरीले अचेल अपराधीलाई छाडेर जनावरलाई जेलमा बन्द गर्ने कार्यमा रूचि देखाएको छ। भर्खरै एउटा सुगालाई जेलमा राखेको मामिलाको आलोचना झेल्दै आइरहेको महाराष्ट्र प्रहरीले पुन: एक बाख्रालाई जेलमा थुनेका छन्। महाराष्ट्रको परभनी पुलिसको यस कार्यलाई सामाजिक सञ्जालमा खिल्ली उडाइँदै छ। कुनै अपराधको लागि बाख्रालाई समातेको होइन बरू एक चोरसँग बाख्रा भेटिएपछि जेलमा राखेका हुन्। आइतवार एक बाख्रा चोरी भएको रिपोर्ट मालिक हिदायत खानले परभनी जिल्लाको पथरी थानामा लेखाएका थिए। प्रहरीले जाँच पडताल गर्दै सोमवार चोरलाई पक्राउ गर्‍यो र बाख्रासँगै जेलमा थुन्यो। बाख्रा जेलमा देखेपछि प्रहरी स्टेशनमा रहेका एक जना व्यक्तिले मोबाइल फोनबाट यी सबैको फोटो खिंचेर सामाजिक सञ्जनालमा अपलोड गर्‍यो। सोसल मिडियामा फोटोहरू अपलोड भएपछि प्रहरीको काम गर्ने तरिकामाथि मजाक उडाइँदै छ। त्यसपछि उच्च पदाधिकारीले थाहा पाएपछि बाख्रालाई जेलबाट बाहिर निकाले। प्रहरीका अनुसार थानामा भीड भएको कारण केवल २२ मिनेटमा जेलमा राखेको थियो। त्यसपछि अदालतको निर्णयपछि बाख्राका मालिकलाई बुझाइयो। यसभन्दा पहिले महाराष्ट्रको चन्द्रपुरमा एक सुगाले बुजुर्ग महिलालाई गाली दिएको आरोपमा प्रहरीले पक्राउ गरी जेलमा थुनेका थिए। –एजेन्सी, फोटो: गूगल

0 comments:

Post a Comment