reader

Loading...

Written By gajjab on Wednesday 26 August 2015 | 01:24

भारतको उत्तरप्रदेशको बहराइचको सुफीपुरा मोहल्लाको एक घर र पारचुनको पसलमा गत केही दिनदेखि अनौठो घटना घटिरहेको छ । पसलमा राखिएको सिलबन्द तेल, रिफाइडको प्याकेट होस् वा पीठो र विस्कुटको प्याकेट अचानक च्यातिन्छ ।
एकपटक गोदााममा राखिएको ३५ पेटी तेलको प्याकेट एकपछि अर्को गरेर च्यातिन थाल्यो र सम्पूर्ण परिवार तेल सोहर्न लागे पनि प्याकेट फुट्ने सिलसिला रोकिएन । सेनाबाट अवकाशप्राप्त सुरेन्द्रकुमार मिश्रले विकास भवनस्थित आवाजमा जनरल स्टोरको पसल खोलेका थिए । वर्षौदेखि कारोबार गर्दै आइरहेका सुरेन्द्रको पसलमा गत केही दिनदेखि यस्ता अनौठो घटना घटिरहेको उनले बताए । शुरूआतमा चिप्स र कुरकुरेको प्याकेट आपैंm फुट्थ्यो र कहिलेकाही पाउरोटीको प्याकेटमा काटेको जस्तो चिरा पथ्र्यो । यस्ता अनौठो घटना घटिरहेको देखेपछि परिवारजन आशड्ढामा छन् । पसलमा पूजापाठ गरे पनि यो घटना रोकिएको छैन । पसलको पूरा चेकजाँच गर्दा न कुनै कीरा भेटियो त न जनावर नै । यस रहस्यमय कार्यको चर्चा पूरै टोलमा फैलिएको छ ।

0 comments:

Post a Comment