reader

Loading...

Written By gajjab on Tuesday 25 August 2015 | 00:56


मस्तिष्क रोगको प्रभावकारी उपचार खोज गर्ने मामिलामा वैज्ञानिकहरूले ठूलो सफलता पाएका छन्। वैज्ञानिकहरूले प्रयोगशालामा पहिलोपटक सम्पूर्ण मानव मस्तिष्कजस्तै मस्तिष्क तयार गरेका छन्। यो संसारकै पहिलो मस्तिष्क हो जसमा ९९ प्रतिशत जीन र कोशिका एक मनुष्यको दिमागजस्तै छ। शोधकर्ताहरूका अनुसार चार सातामा भ्रुणको मस्तिष्क जतिकै विकसित भइसकेको छ। 

अमेरिकाको ओहायो स्टेट युनिभर्सिटीका शोधकर्ताहरूले बनाएको मस्तिष्क वयस्क छालाको कोशिकाबाट तयार गरेका हुन्। शोधकर्ता रेने आनन्द भन्छन्– “थुप्रै जटिल रोगको लागि विकसित गरिएको यो मस्तिष्कमा औषधिको परीक्षण गरिनेछ। जसबाट उपचार असम्भव रोगको उपचार खोज्न सजिलो हुन्छ ।” 
विकसित गरिएको यो पहिलो मानव मस्तिष्क पेन्सिल रबर जत्रो आकारको छ । आकारमा सानो भए पनि यसको कोशिका र जीन करिब मनुष्यको मस्तिष्कजत्रै छ। यस मस्तिष्कबाट अल्जाइमर, आटिज्म र पार्किंसनजस्ता मस्तिष्कको रोगको उपचार खोज्न मदत प्राप्त हुनेछ। –एजेन्सी, फोटो: गूगल सच

0 comments:

Post a Comment