reader

Loading...

Written By gajjab on Tuesday 25 August 2015 | 00:56


विज्ञान प्रविधिको क्षेत्रमा चीनको आइटी कम्पनी विश्वमैं चर्चित छ। चीन लगातार अमेरिकालाई टक्कर दिंदै आइरहेको छ। अमेरिकाले आफ्नो उत्पादन महँगो मूल्यमा बेचिरहेको छ भने त्यस्तै वस्तु चीनले सस्तो मूल्यमा बजारमा ल्याएको छ। जसको कारण चिनियाँ प्रविधिको सामानको माग धेरै छ। 

यी सबैको लागि चीनमा आइटी कर्मचारीहरूलाई बढी काम गर्न प्रेरित गरिन्छ । चीनमा इन्टरनेट कम्पनीहरूमा चियरलिडर (महिला)लाई पनि काममा राखिएको 
छ। यी चियरलिडरहरू पुरुष कर्मचारीहरूलाई बढीभन्दा बढी काम गर्न प्रेरित गर्ने गर्छन्। सबैभन्दा मुख्य कुरा चियरलिडर प्रतिभाशाली पनि हुन्छन् र प्रोग्रामिङ पनि गर्छन् । चियरलिडरले कर्मचारीहरूसँग गफ लडाउने, हँसाउने, साथसाथै टेबुल टेनिस खेल्ने, सङगीत सुनाउने गर्छन्। एक इन्टरनेट कम्पनीका एचआर मैनेजरका अनुसार उनले आफ्नो कम्पनीमा तीनजना चियरलिडर राखेका छन्। यसै कारण पुरुष कर्मचारीहरू बढीभन्दा बढी प्रोग्रामिङ गर्छन्। दिनहुँजस्तो दिनचर्या नहोस् भनेर नै कम्पनीले चियरलिडर कार्यालयमा राखेको बताइन्छ। चियरलिडरको कारण कर्मचारीको काम गर्ने क्षमता पनि वृद्धि भएको छ। ––एजेन्सी, फोटो: गूगल सच

0 comments:

Post a Comment