reader

Loading...

Written By gajjab on Wednesday 26 August 2015 | 01:29

मान्छेहरू बिहान बढी आध्यात्मिक हुन्छन् र यसैकारण यस समय पूजापाठ जस्तो गतिविधिमा सामेल हुने गरेको नयाँ अध्ययनले जनाएको छ । युनिभर्सिटी अफ केनेक्टिकटका शोधकर्ताका अनुसार जब मान्छेहरू काममा व्यस्त रहन्छन् तब आध्यात्मप्रति उनीहरूको रूचि सबैभन्दा कम हुन्छ । गीत सुन्ने, पढ्ने र कसरत गरिरहेको समयमा पनि मान्छेहरू आध्यात्मप्रतिको जागरूकता बढी हुन्छ ।
समाजशास्त्रका सहायक प्रोफेसर र अध्ययनका सहलेखक बैंड्रली आर ई राइट भन्छन्– “सबैभन्दा आश्चर्यजनक कुरा यो हो कि पूरै दिन र काम गर्ने बेलामा मान्छेहरूको आध्यात्मिक जागरूकता भिन्दाभिन्दै हुन्छ । काम गर्ने समय आध्यात्मिक जागरूकता कम हुन्छ, कामप्रति बढी क्रियाशील व्यक्तिमा यो सबैभन्दा कम हुन्छ ।” यसको अलावा समाचार हेर्नेहरूभन्दा नहेर्ने व्यक्तिहरू बढी आध्यात्मिक हुन्छन् । आध्यात्मिक जागरूकता र अवस्थाको बीच एक जटिल अन्योन्यक्रिया हुन्छ । उनी भन्छन्– कहिलेकाही अवस्थाले आध्यात्मिक जागरूकतालाई प्रभावित गर्छ, त कहिलेकाही तपाईंको आध्यात्मिक जागरूकता अवस्थालाई प्रभावित गर्छ । यो अध्ययन अमेरिकन सोसियोलोजिकल एसोसिएसनको ११० औं बैठकमा प्रस्तुत गरिने भएको छ ।

0 comments:

Post a Comment