reader

11199
Loading...

Written By gajjab on Sunday, 30 August 2015 | 22:16

एक अमेरिकी कम्पनीले चन्द्रमाको धर्तीमा शव पुर्ने सेवा शुरु गरेको छ। एलिसियम नामक कम्पनीले शव पुर्नको लागि मेटलिक क्याप्सुल बनाएको छ जसमा शव राखेर चन्द्रमाको जमिनसम्म पुर्‍याइन्छ।
एलिसियम कम्पनीले शवहरूलाई चन्द्रमासम्म पुर्‍याउनको लागि स्पेसएक्स फैल्कन ९ यान प्रयोग गर्नेछ। यसको लागि कम्पनीले एस्ट्रोबोटिक कम्पनीसँग साझेदारी गरेको छ। यस यानमा मेटलिक क्याप्सुल राखेर चन्द्रमामा पठाइने छ। कम्पनीले पहिले ५० आवेदनको लागि १० हजार डलर फिस घोषणा गरेको छ। 
इराक युद्धको क्रममा अमेरिकी सेनाको तर्फबाट सामेल भइसकेका इन्फ्रेन्ट्रीन मैन स्टीव जेन्क्सले एउटा चिहानको लागि बुकिङ गराएका छन्। उनी आमाको शव चन्द्रमाको जमिनमा पुर्न चाहन्छन्। उनको आमाको मृत्यु क्यान्सरका कारण भएको थियो र आमाको सम्मानको लागि चन्द्रमामा पुर्न चाहन्छन्। 
स्टीव इराक युद्धमा रहेको बेला उनकी आमाको मृत्यु भएको थियो। आमाले उनलाई अन्तिम पत्रमा लेखेकी थिइन्– ‘यो कहिल्यै नसोच्नु तिमी एक्लै छौ, अथवा मभन्दा टाढा छौं।  जब तिमी मलाई हेर्न चाहन्छौं चन्द्रमालाई हेर्नू।’ उनी आफ्नो आमाको यही अन्तिम शब्द सत्यमा परिणत गर्न चाहन्छन्।–एजेन्सी

0 comments:

Post a Comment