reader

Loading...

Written By gajjab on Sunday 30 August 2015 | 22:15

भारतको दक्षिणी राज्य आन्ध्रप्रदेशको अनन्तपुर जिल्लामा एउटा सानो ऐतिहासिक गाउँ लेपाक्षीमा १६औं शताब्दीमा बनाइएको वीरभद्रको मन्दिर छ। यस मन्दिरलाई लेपाक्षी मन्दिर पनि भनिन्छ। यस रहस्यमय मन्दिरमा एउटा रहस्य छ र संसारभरिका इन्जिनियरले पनि यस रहस्यलाई सुल्झाउन सकेका छैनन्। ब्रिटेनका एकजना इन्जिनियरले यसलाई सुल्झाउने थुप्रै प्रयास गरे तर उनी असफल भए। मन्दिरमा ७२ वटा पिलरमध्ये एउटा पिलर छ जसले जमिनलाई छुँदैन। यो पिलर जमिनभन्दा केही माथि उठेको छ र सर्वसाधारणले यस पिलरको मुन्तिरबाट कपडा राखेर वारीपारी गर्ने गर्छन्। मन्दिरको निर्माण विजयनगर शैलीमा गरिएको छ। यसमा देवी, देवता, नर्तकीहरू, सङगीतकारहरूको चित्र छ। भित्तामा थुप्रै पेन्टिङ छ। खम्बा र छानामा महाभारत र रामायणको कथा चित्रित छ। मन्दिरमा २४ह१४ फुटको वीरभन्द्रको भित्ते पेन्टिङ पनि छ। यो मन्दिरको छानामा बनाइएको भारतको सबैभन्दा ठूलो भित्ते कला पनि छ। मन्दिरको सामुन्ने विशाल नदीको मूर्ति छ। यो एउटै ढुङगाबाट बनेको हो, भनिन्छ यो एक प्रकारको सबैभन्दा ठूलो नदीको मूर्ति हो। लेपाक्षी गाउँको रामायणकालीन महत्त्व छ। किंवदन्ती छ, जब रावणले सीताको हरण गरेर लैजाँदै गर्दा जटायुले युद्ध गरेका थिए। त्यसपछि जटायु घाइते भएर यही खसेका थिए। भगवान् रामले जटायुलाई घाइते अवस्थामा भेटेपछि उनले उठ्न भनेका थिए। लेपाक्षीको तेलुगु अर्थ हो– उठ पक्षी।

0 comments:

Post a Comment