reader

11199
Loading...

Written By gajjab on Sunday, 30 August 2015 | 22:14

भन्टा रङको आलु सेवनले पेटको क्यान्सरबाट जोगाउने नयाँ खोजले जनाएको छ। पेटको क्यान्सरको जिम्मेवार स्टेम कोशिकालाई यस्तो आलुले नष्ट गर्नुको साथै घातक रोग फैलिन पनि दिंदैन। अमेरिकाको पेन्सिल्वेनिया स्टेट युनिभर्सिटीमा खाद्य विज्ञानका सहायक प्रोफेसर जयराम वानामाला भन्छन्– क्यान्सरको मुकाबला गर्नको लागि स्टेम कोशिकामाथि हमला गर्ने यो एक प्रभावकारी तरिका हो। भारतीय कृषि अनुसन्धान संस्थानका पूर्व छात्र वानामाला भन्छन्– क्यान्सर स्टेम कोशिकाको तुलना झ्याङको जरासँग गर्न सकिन्छ। भलै हामीले त्यस्ता झ्याङ काटिदिउँ तर पनि त्यसको जरा बचिरहन्छ र पुन: उम्रिन थाल्छ। यसै प्रकार यदि क्यान्सरको स्टेममा कोशिकाहरू जीवित छ भने क्यान्सर पुन: फैलिन्छ। शोधकर्ताहरूले शोधको लागि बैंगनी आलुको प्रयोग गरेका थिए। यस्ता आलु तरकारीमा पकाएपछि पनि क्यान्सररोधी गुण रहन्छ। यसभन्दा पहिलेको प्रयोगमा उसिनेको बैंगनी आलुले पेटको क्यान्सरको स्टेम कोशिकाको प्रसार रोक्ने जनाएका थिए।
शोधकर्ताका अनुसार बैंगनी रङको आलुमा थुप्रै यस्ता पदार्थहरू हुन्छन् जसले पेटको क्यान्सरको स्टेम कोशिकालाई नष्ट गर्नको लागि भिन्दाभिन्दै तरिकाले काम गर्छ। वानामालाको सुझाव छ– भन्टा रङको आलुलाई क्यान्सरको लागि पहिलो र दोस्रो रोकथाम रणनीतिमा प्रयोग गर्न सकिन्छ। प्रथम रणनीतिको लक्ष्य क्यान्सरको पहिलेको प्रभाव रोक्नु हो भने दोस्रो रणनीतिको लक्ष्य रोगीलाई क्यान्सरबाट मुक्त गराउनु हो। 

0 comments:

Post a Comment