reader

Loading...

Written By gajjab on Tuesday 25 August 2015 | 00:59

अमिताभ बच्चनका एक प्रशंसकले गरेको कार्यले सबैजना चकित भएका छन् । सचिन सांघे नामक प्रशंसकले सिसाकलमको टुप्पोमा अमिताभको अनुहार कुँदेका छन् र यो फोटो उनले ट्वीटरमा साझा गरेका छन्। 
उनले अमिताभलाई ट्वीट गर्दै लेखेका छन्– आदरणीय श्रीमान् पेन्सिलको चुच्चोमा तपाईंको अनुहारको प्रतिरूप। आठ घण्टाको प्रयास, आशा छ तपाईले मन पराउनुहुन्छ।
अमिताभ पनि यो हेरेर अचम्म परेका छन्। उनले यस पोस्टको रिट्वीट गर्दै लेखेका छन्– ‘अरे बाप रे,. अद्भुत छ यो। धेरै–धेरै धन्यवाद।’ यस पोस्टलाई हेरेर अभिनेता अर्जुन रामपालले पनि आश्चर्य प्रकट गर्दै ट्वीट गरेका छन् – ‘के यो सत्य हो ?’ अमिताभको बधाइ पाएपछि सचिनले अमिताभको ‘पीकू’मा राखेको लुक र उनीसँग सम्बन्धित अन्य कलाकृतिहरू शेयर गरेका छन्। –एजेन्सी, फोटो: गूगल सर्च

0 comments:

Post a Comment