reader

Loading...

Written By gajjab on Tuesday 25 August 2015 | 01:00

हरियो सागपात कीटाणुरहित राख्नेबारे वैज्ञानिकहरूले पत्ता लगाएका छन्। यसबाट रोगको खतरा पनि कम हुन्छ। हरियो सागपात तरकारी पसलमा पुग्नुभन्दा पहिले व्यावसायिक प्रक्रियाले सफा गरिन्छ। क्यालिफोर्निया रिभरसाइड विश्वविद्यालयका निकोला किनसिंगरको भनाइ छ– “व्यावसायिक प्रक्रियाले सफा गरिएको तरकारीमा पानी र ब्लीच वा विकिरणको प्रयोग गरिन्छ जुन कीटाणुहरूमा प्रभावी हुँदैन।” वैज्ञानिकहरूले के अनुमान लगाएका छन् भने यस प्रक्रियाले हरियो पात भएको तरकारीमा रोग फैलाउने कीटाणु ९९ प्रतिशतसम्म जीवित रहन्छ ।
यस प्रयोगमा ई. कोलाइ सक्रिय रहन्छ जुन यस प्रकोपको कारण हो। त्यस्तै वैज्ञानिकहरूको टोलीले ब्याक्टेरियामा हमला गर्नको लागि एक अलग प्रयोग गरेका छन् । उनीहरूले एक प्लेट प्रवाह च्याम्बर सिस्टमको प्रयोग गरे, जसमा शोधकर्ताहरूले समानान्तर प्लेटमा अलग–अलग पालुङगो सागको पात राखे। कम सान्द्रता भएको ब्लीचमा कीटाणु जीवित थियो र उच्च सान्द्रता, जुन व्यावसायिकरूपमा प्रयोग गरिन्छ, यसमा ब्याक्टेरिया पूर्णरूपले मृत पाइयो। किनसिंगर भन्छन्– “पालुङगोको पातमा टोपोलजीको कारण पातको १५ प्रतिशत सतहमा रहेको ब्लीचको सघनता, मिश्रणको सघनतादेखि १ हजार गुना कम हुन्छ। यसबाट यो थाहा पाइन्छ कि यसै कारण पातमा ९० प्रतिशत जीवाणु जीवित हुन्छ जुन अत्यन्त खतरनाक हो।” र यस खतरालाई कम गर्नको लागि शोधकर्ताहरूले एक सस्तो टाइटेनियम डाइअक्साइड (टिआइओ२) फोटोकेटालिस्टलाई अनुकूलित गरेका छन्, जुन ब्लीचको मिश्रणको सघनतासँग जोडिएर प्रकाशलाई अवशोषित गरेपछि एक प्रकारको अक्सिडेन्ट उत्पन्न गर्छ जसको कारण पातमा जीवित बचेको जीवाणु पूर्णरूपले समाप्त हुन जान्छ। शोधकर्ताहरूको टीमले आफ्नो यस कार्यलाई यसै साता बोस्टनमा आयोजित अमेरिकी रसायन सोसाइटीको राष्ट्रिय बैठक र प्रदर्शनीमा प्रस्तुत गरेका थिए। –एजेन्सी, फोटो: गूगल सर्च

0 comments:

Post a Comment