reader

Loading...

Written By gajjab on Tuesday, 17 March 2015 | 22:29

२२ देखि २५ प्रतिशत महिलाहरू गर्भावस्थाको दौरान गेस्टेशनल डाइबिटिज मेलिटस (जिडिएम)बाट पीडित हुने खतरा छ। यसको मतलब जिडिएमबाट पीडित भएपछि यसभन्दा पहिले मधुमेहको शिकार नभएका महिलाहरूमा गर्भावस्थाको दौरान विशेषगरी यसको अन्तिम तीन महिनामा रगतमा चिनीको स्तर उच्च देखिन्छ।
भारतको दिल्लीमा सार्वजनिक–निजी कार्यक्रम पब्लिक हेल्थ फाउन्डेशन अफ इन्डियाका राजेश छिब्बर भन्छन्– जिडिएमबाट संसारमा १५ प्रतिशतसम्म महिलाहरू प्रभावित भएका छन् र भारतमा अनुमानितरूपमा ४० लाख महिलाहरू यसबाट पीडित छन्।
भारतमा करिब ६.५ करोडभन्दा बढी व्यक्ति मधुमेहबाट पीडित छन् र यस्ता व्यक्तिको सङ्ख्या ७.७ करोड छ जसमा चिनीको स्तर सामान्यभन्दा बढी छ। यसमध्ये करिब ४५ प्रतिशत सङ्ख्या महिलाहरूको छ। राजेशका अनुसार जिडिएम आमा र बच्चाको स्वास्थ्यको लागि एक गम्भीर खतरा हो।– एजेन्सी

0 comments:

Post a Comment