reader

Loading...

Written By gajjab on Tuesday 17 March 2015 | 22:28

सामाजिक सञ्जाल फेसबूकले जुलाई–डिसेम्बर २०१४ को अवधिमा भारत सरकारको आदेशमा सबैभन्दा बढी ५,८३२ सामग्रीलाई आफ्नो वेबसाइटबाट हटाएको छ।
यसमा धर्मविरोधी सामग्री तथा भडकाउ भाषण सामेल छ। फेसबूकको भनाइ अनुसार आलोच्य अवधिमा विभिन्न प्रकारको सामग्री हटाउन अथवा त्यसमा रोक लगाउनेबारे सबैभन्दा बढी आग्रह भारत सरकारबाट प्राप्त भएको थियो। क्यालिफोर्नियास्थित मुख्यालय भएको यस कम्पनीको भनाइ अनुसार जुलाइदेखि डिसेम्बर २०१४ को दौरान फेसबूकले ५,८३२ सूचना सामग्रीमाथि प्रतिबन्ध लगाएको थियो।
कम्पनीको भनाइ छ– देशको प्रवर्तन एजेन्सीहरू तथा इन्डिया कम्प्युटर एमरजेन्सी रेस्पोन्स टीमको भनाइमा यो कदम उठाइएको हो। फेसबूकले आफ्नो रिपोर्टमा यो खुलासा गरेको हो। भारतपछि तुर्की दोस्रो नम्बरमा आउँछ। तुर्कीले ३,६२४ सामग्री प्रतिबन्धित गराउन लगाएको थियो। त्यसपछि जर्मनीबाट प्राप्त आग्रह ६०, रूसको ५५ र पाकिस्तानको ५४ छ।

0 comments:

Post a Comment