भारतको पञ्जाबको दोआबा इलाकामा किसानहरूले ठूलो मात्रामा आलु उत्पादन गर्छन् र त्यत्तिकै मात्रामा कुहिन्छ पनि। किसानहरूको यस नोक्सानबाट जोगाउन जालन्धरस्थित केन्द्रीय आलु शोध स्टेशनले एउटा नयाँ प्रविधि विकसित गरेको छ जसबाट आलुलाई कुहिनबाट जोगाउने र लामो समयसम्म भण्डारण पनि गर्न सकिन्छ। भारतीय कृषि अनुसन्धान परिषद् (आइसिएआर)को अधीन केन्द्रीय आलु शोध स्टेशन (सिपिआरएस)को प्रविधि अनतर्गत आलुलाई खराब नगरिकनै ८ महिनासम्म भण्डारण गर्न सकिन्छ। यो प्रविधि विकसित गर्ने सिपिआरएसका प्रधान वैज्ञानिक डा.आशिव मेहता यसबारे भन्छन्–“आलुमा करिब ८० प्रतिशत पानीको मात्रा हुन्छ। यसै कारण माटोबाट निकाल्ने बित्तिकै केही हप्तामैं यो बिग्रिन थाल्छ। यदि हामीले यो पानी आलुबाट बाहिर निकालिदियौं भने यसको जीवनकाल केही हप्ताबाट बढेर आठ महिनासम्म हुन पुग्छ। र यति समयसम्म हामीले यसलाई भण्डारण पनि गर्न सक्छौं।
सिपिआरएसका दुई अन्य सहयोगीको साथ यो प्रविधि विकसित गर्ने डा. मेहताका अनुसार– हामीले यस प्रविधिको नाम ‘डिहाइड्ेरसन अफ पोटैटो’ राखेका छौं र यो पर्यावरण अनुकूल पनि छ।
सिपिआरएसका दुई अन्य सहयोगीको साथ यो प्रविधि विकसित गर्ने डा. मेहताका अनुसार– हामीले यस प्रविधिको नाम ‘डिहाइड्ेरसन अफ पोटैटो’ राखेका छौं र यो पर्यावरण अनुकूल पनि छ।
0 comments:
Post a Comment