reader

Loading...

Written By gajjab on Tuesday, 28 April 2015 | 22:48

जापानको धनाढय इलाकामा एउटा पसलमा एकजना रिसेप्सनिस्ट छिन्। उनले दिनभरि ग्राहकको स्वागत गर्छिन्। जापानको सबैभन्दा पुरानो डिपार्टमेन्टल स्टोर मित्सुकोशिमा उनी परेली झिम्काउँदै सोमवारदेखि काम गर्न शुरु गरेकी छन्। जापानी भाषामा उनले ग्राहकहरूलाई अभिवादन गर्दै भन्छिन्– मेरो नाम सिसिरा आइको हो, तपाईं कस्तो हुनुहुन्छ ? यस रोबोटले पहिलेदेखि नै रेकर्ड गरेको आवाजलाई दोहोर्‍याउँछिन् तर ग्राहकले सोधेको प्रश्नको उत्तर दिन सक्दिनन्। एन्ड्रोइडमा आधारित यस रोबोटको छाला जीवन्त देखिन्छ। उनको हाउभाउ स्वाभाविक देखिन्छ। यसलाई तोशिबाले विकसित गरेको हो। यसको अनावरण जापानमा भएको प्रविधि मेलाको दौरान पछिल्लो वर्ष गरिएको थियो। तोशिबाका प्रमुख विशेषज्ञ हितोशी तोकुदा भन्छन्– हाम्रो उद्देश्य यस्तो रोबोट बनाउने हो जसले मनुष्यजस्तै हाउभाउ गरोस् । मिस्सुकोशिमा मानव मेसिनबाट पाइने सेवा राम्रो छ। सिसिरा आइको मङगलवारसम्म यस स्टोरमा ग्राहकहरूलाई अभिवादन गरेपछि गोल्डन वीक होलिडेको दौरान विज्ञापन कार्यक्रममा प्रयोग गरिने बताइएको छ। – एजेन्सी

0 comments:

Post a Comment