reader

Loading...

Written By gajjab on Wednesday 6 May 2015 | 02:34

ब्रिटेनको एक विश्वविद्यालयले छात्रछात्राहरूलाई परीक्षा र पढाइको तनावबाट छुटकारा दिलाउन अनौठो तरिका खोजेका छन्। त्यस विश्वविद्यालयमा एउटा छाउरा कक्ष बनाइएको छ। यहाँ गएर छात्रछात्राहरू कुकुरका छाउराहरूसँग समय बिताएर आफ्नो तनाव कम गर्न सक्छन्। 
परीक्षाको मौसम शुरु भएपछि विद्यार्थीहरू घण्टौंसम्म पुस्तकालयमा बस्दा र कम्प्युटरमा काम गर्ने क्रम पनि शुरु हुन्छ। युनिभर्सिटी अफ सेन्ट्रल लंकाशायरले यस्तो बेलामा तनावमुक्त गर्नको लागि एउटा नयाँ तरिका खोजेको हो  । 
बिबिसीका अनुसार विश्वविद्यालयको छात्र सङ्घ च्यारिटी सङगठन गाइड डग्ससँग मिलेर यस हप्ताको शुरुमा छाउरा कक्ष स्थापित गर्दैछ। यहाँ विद्यार्थीहरू छाउरासँग खेलेर र उनीहरूलाई माया गरेर आफ्नो तनाव कम गर्न सक्छन्। 
यो कदम जापानमा प्रकाशित एक अनुसन्धानपछि उठाइएको हो। जसमा भनिएको छ– छाउरा वा बिरालोको बच्चाजस्ता प्यारा जनावरको फोटाहरूले एकाग्रताको स्तरमा सुधार गर्न सक्छ। यो कक्ष स्थापित गर्ने लक्ष्य च्यारिटीको लागि धन एकत्र गर्नु पनि हो। कक्षमा आउनको लागि छात्राहरूसँग १.५० पाउन्ड दानस्वरूप लिइने बताइएको छ। – एजेन्सी

0 comments:

Post a Comment