reader

Loading...

Written By gajjab on Wednesday 6 May 2015 | 02:34

फेसबूकमा अनावश्यक फोटो र स्टाटस अपलोड गरेर समय खर्चिनेहरूको सङ्ख्या कम छैन तर भारतका एकजना युवकले फेसबूकमा खसी (बकरे)को फोटो अपलोड गरेर लाखौं कमाउँदैछन्। भोपालका यी युवकले संसारभरिको खसीको फोटो फेसबूक पेज ‘नेशनल बकरा टीम’मा पोस्ट गर्दै आइरहेका छन्। यसको माध्यमबाट देश–विदेशमा खसी खरिद बिक्री गर्छन्। २३ वर्षीय सादाब हुसैन कुरैशीले ४ वर्षदेखि फेसबूक पेजमा खसी किनबेच गर्दै आइरहेका छन्। यस पेजमा उनको ६ हजार फौलोवर छन् त्यसमध्ये ग्राहक पनि छन्। सादाबले हालसम्म ११० किलोको अफ्रिकन बोअर, मालवा, तोतापरी, राजस्थानी, पञ्जाबी, सिरोही, अजमेरी, कोटा ब्रीडको खसीको व्यापार गरिसकेका छन्। उनले बर्सेनि भारु ४ लाख कमाइरहेका छन्।
सादाब १४ वर्षको उमेरदेखि नै खसी–बाख्राको व्यापार गर्दै आइरहेका छन्। उनको कुनै पसल छैन। व्यक्तिगत सम्पर्कबाटै उनले खसी–बाख्राको खरिद बिक्री गर्छन्। उनमा नयाँ कार्य गर्ने सोच पलाएपछि नेशनल बकरा टीम नामक फेसबूक पेज बनाए। यसमा उनले ह्वाट्सअप नम्बर पनि दिएका छन्। बाख्रा किनबेच गर्ने व्यक्तिले उनीसँग सम्पर्क गर्छन्। सादाबले माग अनुसार पेजमा खसी–बाख्राको फोटो पनि पोस्ट गरी फोनबाटै व्यापार गर्छन्। उनको व्यापार यति बढिसकेको छ कि दुईजना सहायक पनि राखेका छन्। 
फेसबूक पेजको माध्यमबाट उनको ग्राहकको सञ्जाल विदेशसम्म फैलिएको छ  । दुबई र कतारमा भारतीय प्रजातिको बाख्राको ठूलो माग छ। 
कसरी गरिन्छ खसी–बाख्राको पहिचान:
बाख्राको दुईवटा दाँत छ भने १४ महिनाको हुन्छ। ४ वटा दाँत छ भने १८ देखि २० महिनाको, ६ दाँत छ भने अढाई वर्षको। ८ दाँत छ भने ३ वर्षभन्दा बढी उमेरको हुन्छ। खसी–बाख्राको सबैभन्दा बढी माग इद र बकरीदमा हुने उनी बताउँछन्  । ४ वर्ष पहिले उनले भोपालमा एक बाख्रालाई भारु. ७.५ लाखमा बिक्री गरेका थिए  । बाख्राको नाम कोहिनूर थियो भने वजन १६० किलोको थियो। बाख्रा खरिद गर्ने व्यक्ति मुम्बईबाट आएका थिए। 

0 comments:

Post a Comment