reader

Loading...

Written By gajjab on Wednesday 6 May 2015 | 02:33

साथीहरूसँग गफ लडाउन अब सङकोच नमान्नुहोस्। किनभने नयाँ अध्ययन अनुसार गफ लडाउनु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ।  मनमा कुनै कुरा लुकाउँदा मानसिक मात्र होइन, शारीरिकरूपमा पनि नोक्सान पुग्छ। मनमा कुनै रहस्य राख्नु टाउकोमा भारी बोक्नु बराबर हो जसबाट तपाईंको ऊर्जा समाप्त हुन्छ । 
न्युयोर्क सिटीको कोलम्बिया बिजनेस स्कूलका सहायक प्रोफेसर तथा अध्ययनका सहायक लेखक माइकल स्लेपियन भन्छन्–“कार्यस्थलमा यदि तपाईं कुनै कुरा रहस्य बनाएर राख्नुहुन्छ भने यसबाट तपाईं हतोत्साहित बन्नुहुन्छ  ।” 
स्पलेलियन उल्लेख गर्छन्– “मनमा जति धेरै रहस्य राख्नुहुन्छ, वरपरको चीजहरू त्यति नै बढी चुनौतीपूर्ण हुन्छ र यी चुनौतीबाट निदान पाउन तपाईं कम प्रोत्साहित हुनुहुनेछ। अध्ययनको निष्कर्ष दुरुस्त त्यसै प्रकार छ जब मान्छेहरूले आफ्नो टाउकोमा भारी बोकेर हिंड्छन्, र उनीहरूले संसार चुनौतीपूर्ण देख्छन्।” 

0 comments:

Post a Comment