reader

Loading...

Written By gajjab on Monday, 18 May 2015 | 22:52


अमेरिकाको सिएटल शहर निवासी एन्टान नामक एक बालकले पालेको सुगाले डेन्टिस्टजस्तै काम गर्छ। सामाजिक सञ्जालमा चर्चित भएको भिडियोमा सुगाले बालकको दाँत निकालेको देखाइएको छ। 

एन्टानको दूधको दाँत हल्लिएपछि उनको क्वेकर प्रजातिको सुगाले दाँत हल्लाएर निकालेको देखाइएको छ। एन्टानका अनुसार उनको चारवटा दाँत त्यस सुगाले तोडेर निकालिसकेको छ। पाँचौं दूधको दाँत निकाल्ने क्रममा यो भिडियो खिंचिएको हो। उनको सुगाले गर्ने काम अन्य व्यक्तिहरूलाई पनि देखाउने इच्छा अनुसार उनका मित्रहरूको सहयोगमा उनले यो भिडियो खिंचेर यूट्यूबमा अपलोड गरेका छन्। 

0 comments:

Post a Comment