reader

Loading...

Written By gajjab on Sunday, 17 May 2015 | 22:14

भारतको महाराष्ट्रमा एक वैवाहिक कार्यक्रममा बेहुलीलाई विवाहमा शौचालय उपहारस्वरूप भेट गरिएको थियो। गत शुक्रवार सम्पन्न विवाहमा युवतीको ससुरालीमा शौचालय थिएन र आमाबुवाले उपहारस्वरूप छोरीलाई रेडिमेड अर्थात् पानीको व्यवस्था भएको कोठामा बनाइएको शौचालय, एक वास बेसिन र ऐना उपहार दिएका थिए।
केही साता पहिले अकोलाकी चैताली डी गलाखेको विवाह यवतमालका देवेन्द्र मखोडेसँग तय भएको थियो। चैतालीले कतैबाट यो थाहा पाइन् कि उनको ससुरालीमा शौचालय छैन। चैतालीले शुक्रवार साँझ विवाहको अवसरमा शौचालय उपहार पाएपछि उनले भनिन्– विवाहको कुरा पक्का गर्न गर्दा मलाई थाहा थिएन कि मेरो ससुरालीमा शौचालय छैन। तब मैले आफ्नो आमाबुवालाई यसबारे बताए। चैतालीका पिता किसान हुन् र उनको घरमा शौचालय छ। उनले परिवारमा भनिन्– मलाई टेलिभिजन, फ्रिज, वासिङ मेसिन, सुनको गहना चाहिंदैन, तर मलाई एउटा रेडिमेड शौचालय चाहियो, जसलाई म आफ्नो ससुराली लैजान सकूँ। शुरुमा चैतालीको पितालाई उनको माग अनौठो लागे पनि पछि स्वीकार गरे। उनका पिताले स्थानीय मैनुफैक्चरर कम्पनीबाट रेडिमेड शोचालय भारु १८ हजारमा तयार गराएका थिए। 

0 comments:

Post a Comment