reader

Loading...

Written By gajjab on Sunday 17 May 2015 | 22:13

वैज्ञानिकहरूले विश्वकै पहिलो एक यस्तो माछा खोजेका छन् जसको सम्पूर्ण रगत तातो छ। यो एक मूनफिस हो र यसको आकार कारको एउटा टायर बराबर  छ। यो माछाले आफ्नो फुल्कालाई हल्लाएर उष्मा उत्पन्न गर्छ।
ओपाह वा मूनफिस अन्य स्तनधारी र पक्षीको जस्तै तातो रगतको सञ्चार पूरै शरीरमा गर्छ। यसबाट महासागरको गहिराइमा रहेको चिसोबाट यस माछाले लाभ लिन्छ। शोधकर्ताहरूका अनुसार चाँदीको रगतको यो माछा विश्वभरिको महासागरमा पाइन्छ र यी जलस्रोतको सयकडौं फिट तल रहेको चिसो एवं अन्धकारपूर्ण जलमा रहन्छ। पानीमा यसले आफ्नो ठूल्ठूला रातो फुल्का तीव्र गतिले फडफडाउँछ, मानौं त्यो पखेटा हो। यति चिसो गहिराइमा बस्ने माछा सामान्यतया सुस्त र ढिलो हुन्छ। यसले आफ्नो शिकारलाई पिछा गर्नुको सट्टा त्यसमाथि घात लगाएर हमला गर्छ र आफ्नो ऊर्जा जोगाउँछ। तर ओपाहबारे युएस नेशनल ओसिएनिक एन्ड एटमास्फेरिक एडमिनिस्ट्ेरसनका वैज्ञानिकहरू यस माछाले आफ्नो फुल्का लगातार चलाई शरीर तातो पार्छ, चयापचय, चाल एवं प्रतिक्रियामा लाग्ने समयमा गतिशीलता ल्याउने गर्छ। साइन्स नामक जर्नलमा प्रकाशित यस शोधपत्रका प्रमुख लेखक र एनओए फिसरिजका क्यालिफोर्नियास्थित साउथवेस्ट फिसरिज साइन्स सेन्टरका निकोलस वेनगर भन्छन्– तातो रगत यस माछालाई शानदार प्रदर्शन गर्ने शिकारी बनाउँछ। 

0 comments:

Post a Comment