reader

Loading...

Written By gajjab on Sunday 17 May 2015 | 22:13

स्मार्टफोनमा प्रयुक्त क्यामराबाट पाँच वर्षभन्दा कम उमेरका बच्चामा पाइने क्यान्सरको एक प्रकारको पहिचान गर्न सकिन्छ। ब्रिटेनका विशेषज्ञले यस कुराबारे जानकारी गराएका छन्।
बाल्यावस्थामा हुने क्यान्सरमा कार्यरत संस्था चाइल्डहुड आइ क्यान्सर ट्रस्टले भनेको छ– स्मार्टफोनको क्यामराको फ्ल्यासबाट क्यान्सरको एक प्रकारको रेटिनोब्लास्टोमाको कारण ससाना बच्चाको आँखामा बनिरहेको ट्युमरबारे थाहा लगाउन सकिन्छ। यस प्रकारको क्यान्सरबाट बच्चाको आँखाको ज्योति पनि जान सक्छ तथा मृत्यु पनि हुन सक्छ। यसको लक्षण सजिलै पत्ता लगाउन सकिंंदैन। हफिंगटन पोस्टको एक रिपोर्ट अनुसार जब कुनै बच्चाको आँखाको भित्र कुनै ट्युमर विकसित हुन्छ, फ्ल्यास अन गरी लिइएको फोटामा पुतलीको रङग परावर्तित भएर सेतो देखिन्छ। यदि शुरुआतमा यसलाई पत्ता सके बच्चाको ज्यान जोगाउन सकिन्छ। स्मार्टफोन प्रविधिभन्दा पहिले क्यान्सरबाट पीडित एक चार महिनाको बच्चालाई बचाइएको संस्थाले जानकारी गराएको छ। 
पछिल्लो वर्ष एकजना आमाले एक बालिकाको फोटो खिच्ने क्रममा उनको आँखामा सेतोपन देखिन्। उनले तत्काल एक विशेषज्ञको सल्लाह लिंदा विशेषज्ञले बच्चालाई रेटिनोब्लास्टोमा रहेको बताए। डाक्टरले साहसिक निर्णय लिंदै बच्चाको  प्रभावित आँखा हटाए। आज बच्चा पूर्णरूपले ठीक र हालै उनले पहिलो जन्मदिन पनि मनाएकी छन्। 

0 comments:

Post a Comment