reader

Loading...

Written By gajjab on Sunday 17 May 2015 | 22:06

अधिकांश व्यक्तिले राति सुत्ने बेलामा स्मार्टफोन अफ गरिदिन्छन्। यसो गर्नुको पछाडि स्मार्टफोनको ब्याट्री बचत र हार्डवेयरलाई आराम गर्न हामीहरूले स्मार्टफोनको स्वीच अफ गर्ने गर्छौ तर यसो गर्नुहुँदैन।
कम्प्युटरजस्तै फोनको स्वीच अफ गर्नु हार्डवेरको दृष्टिले सही हो। तर आइफिक्सिइटका संस्थापक काइल वेंसका अनुसार स्मार्टफोनको स्वीच अफ गर्नुहुँदैन । वेन्सका अनुसार कम्प्युटरलाई सटडाउन गर्नु जरुरी छ किनभने त्यसको हार्डवेयरलाई आराम पुगोस्, किनभने कम्प्युटरको कम्पोनेन्ट तातो हुन्छ। तर स्मार्टफोनको मामिलामा यस्तो छैन। कम्प्युटरलाई सटडाउन गर्दा बिजुलीको बचत हुन्छ तर स्मार्टफोनलाई बन्द गर्दा ब्याट्री कम खपत हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन। 
वेन्सका अनुसार एक सामान्य स्मार्टफोनको ब्याट्री लाइफसाइकल ३ सयदेखि ५ सयपटक पूर्ण चार्ज गर्नुसम्म हो। यसपछि ब्याट्रीको लाइफ विस्तारै–विस्तारै कम हुन थाल्छ। करिब ४ सयपटक फुल चार्ज भएपछि ब्याट्रीको क्षमता ८० प्रतिशतम्म मात्र रहन्छ। यसै कारण यसको असर चाँडै देखिदैन। यदि कुनै व्यक्तिले ब्याट्री जोगाउन राति स्मार्टफोन अफ गर्छ भने यो गलत हो। फोनमा कम गीत सुन्दा, भिडियो कम हेर्ने र जिपिएसको उपयोग कम गर्नाले ब्याट्रीको बचत हुन्छ। ब्याट्रीलाई जोगाउन यसलाई सकेसम्म कमै चार्ज गर्नुपर्छ। 
कम्प्युटर ह्याङग हुँदा अथवा गति कम हुँदा कम्प्युटर रिस्टार्ट गर्ने सल्लाह पाउँछौं तर स्मार्टफोनमा यस्तो गर्नुहुँदैन। यदि तपाईंको मोबाइल एपल अपरेटिङ सिस्टम, विन्डोज ८.१ वा एन्ड्रोइड हो भने रिस्टार्ट गर्नुपर्दैन। यो सबै अपरेटिङ सिस्टम सफ्टवेरको स्तरमा नै प्रोसेसलाई समाप्त गरी मेमोरीलाई क्लिन गर्छ। जसबाट परफरमेन्स तेज रहन्छ। 

0 comments:

Post a Comment