reader

Loading...

Written By gajjab on Monday 18 May 2015 | 22:53

हालसम्म चिकित्सकले भुलवश बिरामीको पेटमा कैची, कपास छाडेको समाचार मात्रै सुन्दै आइरहेका छौं तर जोर्डनमा एक गाइनोकोलोजिस्टले आफ्नो मोबाइल नै बिरामीको पेटमा छाडिदिएका छन्। यस कुराको जानकारी त्यति बेला भयो जब कसैले डाक्टरलाई फोन गरेपछि मोबाइलको भाइब्रेसनको कारण बिरामीको पेट दुख्न थाल्यो, त्यसपछि उनलाई अस्पताल लगियो। अस्पतालमा जाँच पछि उनको पेटमा एउटा मोबाइल रहेको थाहा पाइयो। ३६ वषर््ािय हानन मेहमूदलाई प्रसूतिको लागि निजी अस्पतालमा भर्ना गरिएको थियो। उनको सिजेरियन अपरेसन भएको थियो तर स्टीचिङको क्रममा सावधानी अपनाइएन र गायनेकले आफ्नो मोबाइल नै महिलाको पेटमा बिर्सिए। घटना यतिमैं समाप्त भएन। यो मामिला जोर्डनको संसद्सम्म पुग्यो। त्यहाँ एक सांसदले यो गम्भीर मामिला भएको बताउँदै सरकारको राजीनामासमेत मागे । सांसद् सलीम अल बतायेन भन्छन्– “हामी आफ्नो देश र यहाँको व्यवस्थाको धेरै सम्मान गर्छौ तर यस प्रकारको घटनाले देशको प्रतिष्ठामा चोट पुग्छ। तसर्थ उचित कदम उठाउनुपर्छ।” जोर्डनको स्वास्थ्य मन्त्रालय यस कुरामा सहमत छैन । प्रवक्ता हातेम अल अजराले यो आरोप सरासर गलत भएको बताए। 

0 comments:

Post a Comment