reader

Loading...

Written By gajjab on Monday 18 May 2015 | 22:54

लामो समयदेखि उच्च रक्तचापको समस्याबाट पीडित महिलाले मुटुको समस्या हुने बच्चालाई जन्म दिन सक्छन्। विशेषज्ञले विश्व उच्च रक्तचाप दिवसको एक दिन पहिले जानकारी दिदै यस स्थितिबारे सचेतना फैलाउन ठोस प्रयासको आह्वान गरेको छ। उच्च रक्तचाप गर्भावस्थाको क्रममा महिलाहरूमा हुने साधारण चिकित्सीय समस्या हो र गर्भधारणको हरेक १०० मध्ये तीन मामिलामा यसबाट जनित जटिलता आउँछ। गर्भावस्थामा उच्च रक्तचापको विकारबाट आमा एवं भू्रणको स्वास्थ्य एवं मृत्युदर प्रभावित हुन सक्छ। पटपडगंजस्थित मैक्स हस्पिटलका कार्डिएक कैथ ल्याबका सहायक निर्देशक एवं प्रमुख डा. मनोज कुमारका अनुसार जब गर्भावस्था वा २० हप्ताको गर्भभन्दा पहिले कुनै महिलाको रक्तचाप १४०/९० मिलिमिटर अफ मरकरीभन्दा बढी हुन्छ तब यसको मतलब ती महिला लामो समयदेखि उच्च रक्तचापबाट पीडित भएकी हुन्छिन्।
उच्च रक्तचापबाट पीडित महिलाहरूको कोखबाट जन्मिने बच्चामा जन्मजात विकृतिको ५० प्रतिशत बढी खतरा हुन्छ। विशेषज्ञका अनुसार विश्व उच्च रक्तचाप दिवस उच्च रक्तचापको कम ज्ञात प्रभावबारे जागरुकता फैलाउन एउटा राम्रो मञ्च हो किनभने सही एवं समयमैं बचाव सम्भव हुन सक्छ। – एजेन्सी

0 comments:

Post a Comment