reader

Loading...

Written By gajjab on Sunday 3 May 2015 | 23:01

उच्च रक्तचाप बढी नुन सेवनबाट मात्र होइन कम मात्रामा पोटासियम सेवन गर्दा पनि हुन सक्ने नयाँ शोधले जनाएको छ। आहारमा बढी पोटासियम ग्रहण गर्ने किशोरीहरूमा पछि रक्तचाप कम पाइएको थियो। बोस्टन युनिभर्सिटी स्कूल अफ मेसियनका लीन मुरे भन्छन्– “यसको विपरीत, रक्तचापमा एक्लै सोडियमको कुनै प्रभाव देखिएन, जसको कारण वैश्विकस्तरमा बच्चा तथा किशोरीहरूको आहारमा सोडियमको मात्रा कम गर्ने आवश्यकतामा जोड दिन जरुरी छैन।”
उच्च रक्तचापलाई कम गर्ने आहार निष्कर्ष अनुसार, जुन किशोरीहरू प्रतिदिन तीन हजार मिलीग्राम नुन सेवन गर्छन्, उनीहरूको रक्तचापमा कुनै प्रतिकूल प्रभाव पर्दैन, जबकि जुन किशोरीहरूले प्रतिदिन २ हजार ४ सय मिलिग्राम वा त्यसभन्दा बढी पोटासियम सेवन गर्दछन् त्यसपछि उनीहरूको रक्तचाप कम हुन्छ।
उल्लेखनीय छ, विश्व स्वास्थ्य सङगठनले व्यक्तिहरूलाई दुई हजार मिलिग्रामभन्दा बढी सोडियमको सेवन नगर्न सल्लाह दिएको छ। शोधकर्ताहरूले किशोरावस्थाको अन्त्यमा आहारमा सोडियम वा पोटासियमको रक्तचापमा दीर्घावधिसम्म प्रभावबारे अध्ययन गरेका थिए। जुन युवतीले प्रतिदिन २ हजार ४ सय मिलिग्राम वा त्यसभन्दा बढी पोटासियम सेवन गरेका थिए, उनीहरूको रक्तचाप कम पाइएको थियो । यो अध्ययन अनलाइन पत्रिका जेएएमए पीडियाट्रिक्समा प्रकाशित भएको छ ।

0 comments:

Post a Comment