reader

Loading...

Written By gajjab on Sunday 3 May 2015 | 23:03

के तपाईंले तेस्रो लिङगी (उभयलिङगी) कुखुरोबारे कहिल्यै सुन्नुभएको छ ? भारतको छत्तीसगढको बस्तरमा यस्तै कुखुरा छ। यसलाई ग्रामीण आदिवासीले ‘पेटा’ भनेर बोलाउने गर्छन्।
भनिन्छ पेटा नपुंसक हुन्छ। बस्तरको कुकडा घालीमा यसले आफ्नो प्रतिद्वन्द्वी भालेलाई सहजै पछार्छ। यसै कारण ग्रामीणहरूले यसलाई सामान्य भालेसँग लडाउँछन् । औसतन दस हजार चल्लामा एक उभयलिङगी भाले निस्किन्छ।
छत्तीसगढ सरकारद्वारा एक मात्र चयनित एवं बेंगलुरूबाट विशेष प्रशिक्षण प्राप्त गरी फर्केका चिक्स सेक्सर तथा सहायक पशु चिकित्सा अधिकारी रुद्रनारायण पाणिग्रही भन्छन्– “यस्ता कुखुराको पहिचान त्यति बेला नै हुन्छ जब चल्ला एक दिनको हुन्छ। गाउँलेहरूले यसको व्यवहारबाट थाहा लगाउँछन्। तेस्रो लिङगी कुखुराको अन्डाबाट चल्लाको सम्भावना कम हुन्छ।
पशु चिकित्सा विभागले तेस्रो लिङगी भन्ने कुखुरालाई बस्तरका बासिन्दाले पेटा मुर्गा भन्ने गरेको बताएको छ। गाउँलेहरूले यसको पहिचान यसको व्यवहारबाट गर्छन्। गत मङगलवार एक पेटाले पाकेला कुकडा घालीमा दुई लडाकू भालेलाई
पराजित गरेको थियो। कावापालबाट आएका महादेव भन्छन्– “यस्तो कुखुरा बास्ने र अन्डा पनि दिन्छ। अन्य कुखुरालाई हेरेर लडाइँ खेल्न दौडिन्छ, यसै कारण यस्ता कुखुरालाई बजारमा लडाउन ल्याइन्छ। यस्तो कुखुराको मूल्य भारु ८ सयभन्दा बढी हुन्छ।

0 comments:

Post a Comment