reader

Loading...

Written By gajjab on Tuesday 5 May 2015 | 00:02


अमेरिकी राज्य मैसाचुसेट्सको वेबस्टर टाउनमा ५.८४ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको एउटा तालको नाम यति लामो छ कि कसैले यसको उच्चारणसमेत गर्न सक्दैन। त्यसको नाममा ४५ अक्षर छ, जुन अमेरिकामा सबैभन्दा बढी र संसारमैं चुनिएको लामो नाममध्ये एक हो।
छोटकरीमा त्यसलाई वेबस्टर लेक भनिन्छ। स्थानीय व्यक्तिका अनुसार पर्यटकहरूको सुविधाको लागि त्यसको नाम परिवर्तन गरिएको हो, जबकि उनीहरूलाई त्यसको मूल नाममाथि गर्व छ किनभने त्यससँग इतिहास जोडिएको छ।
 अखबार द वेबस्टर टाइम्सका सम्पादक लारेन्स जे डेलीका अनुसार यति लामो नाम Lake Chargoggagoggmanchaug gagoggchaubunagungamaugg  एल्गोन्कुइन भाषा निपमकबाट आएको हो। यसको मतलब सीमा क्षेत्रमा माछा समात्ने निश्चित स्थान हो। यहाँ माछा समात्नको लागि सीमा पार गर्नुहुँदैन। तिमी आफ्नो तर्फबाट माछा समात र म आफ्नो तर्फबाट यस्तो गर्छु। ४५ अक्षरमा १५ पटक जी, ९ पटक ए, ५ पटक यु आउँछ। इमगुरमा यसलाई यति मन पराइएको थियो कि मात्र ३ घण्टामा ७ लाखभन्दा बढीले यसलाई हेरेका थिए। 


0 comments:

Post a Comment