reader

Loading...

Written By gajjab on Tuesday 5 May 2015 | 00:03

भारतको राजस्थान प्रहरीले मानवताको उदाहरण पेश गरेको छ, जुन प्रशंसा योग्य छ। त्यहाँका प्रहरीले एक दिनको लागि एक बालकलाई पुलिस कमिश्नर बनाएकोबारे सर्वत्र चर्चा चलिरहेको छ। दस वर्षीय गिरीशलाई कमिश्नर मात्र बनाइएन उनलाई अधिकार, इज्जत र सुविधा पनि दिइएको थियो।
यथार्थमा गिरीशलाई मृगौलाको क्यान्सर छ। बाल्यकालदेखि उनको सपना थियो ठूलो भएर प्रहरी कमिश्नर बन्ने। यस बच्चाको सपना यहाँको कमिश्नर जङग श्रीनिवास रावले पूरा गरे। उनले कमिश्नरको वर्दीमा रातो बत्ती लगाएको गाडीबाट कमिश्नरेट पुगे र यहाँ उनले गार्ड अफ अनर दिए र आफ्नो कुर्सी सुम्पिए । आफ्नो सपना पूरा भएपछि गिरीश भन्छन्– कमिश्नरको रूपमा उनले के के गर्ने त्यो मात्र बताएनन् कवितासमेत सुनाए।

0 comments:

Post a Comment