reader

Loading...

Written By gajjab on Tuesday 5 May 2015 | 00:04

काम नलाग्ने टायर पर्यावरणको लागि असुरक्षित हुन सक्छ तर जापानको एक विश्वविद्यालयमा कार्यरत असमका एक प्रोफेसरले यसको प्रयोग गरी भूकम्परोधी प्रविधि विकसित गरेका छन्। उनका अनुसार भवनमा भूकम्पको असर कम गर्नको लागि यो प्रविधि किफायती र प्रभावकारी हुन सक्छ।
जापानमा फुकुओकाका क्यूशू विश्वविद्यालयका सिभिल इन्जिनियरिङ विभागका प्रोफेसर हेमन्त हजारिका भन्छन्– यस प्रविधिलाई पूरै संसारमा विशेषगरी एसियामा लागू गर्न सकिन्छ। हजारिका हाल जापानको एक विशेषज्ञ दलको साथ भूकम्प प्रभावित नेपालको सहायता कार्यमा आएका थिए। उनले यो प्रविधि पेटेन्ट गराएका छन् र जापानमा अघिल्लो केही महिनामा परम्परागत पर्खालको स्थानमा टायर वाला पर्खालको प्रोटोटाइपको निर्माण गर्ने योजना बनाएका छन्।
४७ वर्षीय हजारिका भन्छन्– यो प्रविधि पर्यावरणलाई सुरक्षित पनि राख्ने, आपत र लागत दुवै कम पनि गर्न सक्छ।

0 comments:

Post a Comment