reader

Loading...

Written By gajjab on Tuesday 5 May 2015 | 00:05

एउटा उखान छ, चोरीको माल हजम हुँदैन। यस्तै मामिला मुम्बईमा भएको छ । यहाँ एकजना चोरले बहुमूल्य नेकलेस चोरे र पक्राउ पर्ने डरले निलिदिए। तर प्रहरीले भारु. ६३ हजार पर्ने सो नेकलेस निकाल्न चोरलाई केरा खुवाउनुपर्‍यो।
३० वर्षीय अनिल यादवले २.५ तोला सुनको मङगलसूत्र निलेका थिए। प्रहरीले एक्सरे गराई हेर्दा मङगलसूत्र यादवको छाती नजिकैको भोजन नलीमा नराम्ररी अडकिएको थियो। डाक्टरका अनुसार मङगलसूत्रलाई प्राकृतिक तरिकाले यादवको शरीरबाट निकाल्न चाहन्थे। र चोरलाई ९६ वटा केरा खुवाएपछि मात्र नेकलेस निस्कियो।
सियानको प्रतीक्षानगरमा बस्ने ५२ वर्षीया राजर्षि मायंकर घरतर्फ फर्किरहेकी थिइन्। उनले २.५ तोलाको सुनको मङगलसूत्र लगाएकी थिइन्। यसमा एउटा महँगो पैडेन्ट पनि लगाइएको थियो जसको मूल्य भारु ६३ हजार थियो। जब उनी जिटिभी नगर स्टेशन नजिकै पुगीन् वाशी नाका क्षेत्रमा बस्ने यादव उनको मङगलसूत्र छिनेर भाग्यो। मायंकरले मदतको लागि गुहारेपछि चोरलाई मानिसहरूको भीडले पछ्याउन थाल्यो। घटनापछि एपिआइ राहुल पवार र उनको टीमले चोरको पिछा गर्‍यो र धेरै टाढा पुगेपछि प्रहरीले अन्तत: चोरलाई समात्यो। चोर समाते पनि मङगलसूत्र फेला नपरेपछि उसको एक्सरे गरिएको थियो।

0 comments:

Post a Comment