reader

Loading...

Written By gajjab on Tuesday 5 May 2015 | 00:06

फ्लोरिडा शहरको सडकमा एक नग्न व्यक्ति दौडिरहेका थिए र सडक छेउको एउटा रूखसँग सेक्स गर्ने कोशिश गर्न थाले। प्रहरीले त्यस व्यक्तिलाई समातेपछि उसले आफू पौराणिक देवता थार भएको बताए।
अमेरिकाको फ्लोरिडा शहरमा यसरी नग्न भई दौडिने घटना पहिलो होइन। पागलजस्तो व्यवहार गर्ने यस्ता व्यक्तिहरूको चर्चा शहरमा भइरहन्छ। यथार्थमा यी सबै कुरा हुनुमा नयाँ डिजाइनको ड्रग फ्लैक्काको कारणले हो।
पछिल्लो दिनमा ड्रगको असरको कारण यस्ता व्यक्तिहरू शहरको व्यवस्था भङग गर्दर्ै सडकमा नग्न अवस्थामा घुमिरहेका देखिएका थिए। पक्राउ परेपछि त्यस्ता व्यक्तिले केही जर्मन शेफर्ड कुकुरले लखेटेको बताएका छन्।
भनिन्छ फ्लैक्कालाई इलेक्ट्रोनिक सिगरेटको माध्यमबाट सेवन गरिन्छ। यसले शरीरको तापमान १०६ डिग्री सेल्सियसम्म बढाउँछ। ड्रगको प्रभाव र बढ्दो तापमानको कारण व्यक्तिले अनौठो व्यवहार गर्न थाल्छ। अमेरिकामा फ्लोरिडाका अलावा ओहायो, टेक्सास र टेनेजीमा फ्लैक्काको मामिला बढिरहेको छ। विशेषज्ञका अनुसार यो ड्रगले मस्तिष्कको सोच्नेबुझ्ने क्षमता बिगारिदिन्छ। यसको सेवनबाट मनुष्यको मानसिक सन्तुलन बिग्रिन्छ र उसले के गरिरहेको छ उसैलाई थाहा हुँदैन । यो एक किसिमको खतरनाक ड्रग हो। – एजेन्सी

0 comments:

Post a Comment